Breaking News.... EverestOnlineKhabar
June 24, 2026

फिफा यु–१७ विश्वकपको उपाधि इंग्ल्याण्डलाई

Loading

एजेन्सी,१२ कार्तिक ।
सत्र वर्षमुनिको फिफा विश्वकप फुटबलको उपाधि इंग्ल्याण्डले जितेको छ । भारतको कोलकातामा शनिबार राति भएको फाइनलमा स्पेनलाई ५–२ ले हराउँदै इंग्ल्याण्डको युवा टोलीले उपाधि जितेको हो । सुरुको ३१ मिनेटसम्म २–० ले पछि परेको इंग्ल्याण्ड त्यसपछि खेलमा फर्किएर शानदार जित दर्ता गरेको हो ।
सर्जिओ गोमेजले १० र ३१ औं मिनेटमा गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा ब्रुस्टरले इंग्ल्याण्डका लागि एक गोल गरे । पहिलो हाफमा २–१ ले पछि परेको इंग्ल्याण्डले दोस्रो हाफमा थप चार गोल गर्‍यो । ५८ औं मिनेटमा गिब्बास ह्वाइटको गोलबाट बराबरी गरेको इंग्ल्याण्डका लागि ६९ औं मिनेटमा फोडिनले गोल गर्दै ३–२ को अग्रता दिलाए । ८४ औं मिनेटमा गुइहीले गोल गर्दै अग्रता ४–२ मा पुर्‍याए । ८८ औं मिनेटमा फोडिनले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्ड ५–२ ले विजयी भयो र उपाधि आफ्नो पक्षमा पार्न सफल रह्यो ।
प्रतियोगितामा सर्वाधिक ८ गोल गरेका इंग्ल्याण्डका ब्रुस्टरले गोल्डेन बुट, म्यान अफ दि टुर्नामेन्ट अवार्ड इंल्याण्डकै फोडिन र उत्कृष्ट गोलरक्षक बन्दै ब्राजिलका गाब्रिएल ब्रजाओले गोल्डेन ग्लोब्स प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed