Breaking News.... EverestOnlineKhabar
June 24, 2026

सोमालियाको राजधानीमा दुईवटा विस्फोट, २३ जनाको मृत्यु

Loading

एजेन्सी,१२ कार्तिक ।
सोमालियाको राजधानी मोगादिशुमा दुईवटा बम विस्फोट हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ । घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् । तीन सय ५० जनाको ज्यान जाने गरी दुई हप्ताअघि भएको बम विस्फोटपछि फेरि मोगादिशुमा विस्फोट भएको हो । मोगादिशुमा रहेको एक होटलमा भएको पहिलो विस्फोट कार बम हो । विस्फोटपछि बिद्रोहीले थप आक्रमण गरेका थिए ।
यस्तै पुरानो संसद भवन नजिक दोस्रो विस्फोट भएको हो । दुवै विस्फोटमा गरी कम्तिमा २३जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । इस्लामिक बिद्रोही संगठन अल–शबाबले विस्फोटको जिम्मेवारी लिएको छ ।
दुई हप्ताअघि भएको विस्फोट पनि अल–शबाबले नै गराएको सरकारी अधिकारीले बताउँदै आएका छन् । तर त्यो विस्फोटको जिम्मेवारी भने अल–शबाबले लिएको छैन । अल–कायदा सम्बद्ध अल–शबाबले १४ अक्टोबरमा भएको विस्फोटको जिम्मेवारी अस्वीकार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed