Breaking News.... EverestOnlineKhabar
June 25, 2026

चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा पुनः सी जिनपिङ निर्वाचित

Loading

बिबिसि । चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्युनिस्ट पार्टीको महासचिवमा पुनः निर्वाचित भएका छन् । उनी दोस्रो पाँच वर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित भएका हुन् ।

पार्टीको १९ औं महासभाअन्तर्गतको विस्तारित बैठकले सी जिनपिङलाई निर्वाचित गरेको घोषणा गरेको हो । बैठकमा राष्ट्रपति सीले पार्टीका शीर्ष नेताहरुको नाम सार्वजनिक गर्नुभयो । शीर्ष नेताहरुमा पुरानै अनुहार दोहोरिएका छन् । घोषित स्थायी कमिटीमा प्रधानमन्त्री ली खछ्याङ, ली चानसाउ, वाङ याङ, वाङ हुनिङ, चाउ लिजी र हान चाङ छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीमा सामान्यतः स्थायी समितिमा एक उदयमान नेतालाई ल्याइन्थ्यो । तर,राष्ट्रपति सीले पार्टीको यो परम्परालाई यस पटक तोडेका छन् ।

राष्ट्रपति सीले चाउ लिजीलाई भ्रष्टाचारविरोधी आयोगको प्रमुख बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed