Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं । आईटीटीएफ विश्व जुनियर सर्किट टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन दुई पुरुष खेलाडीसहित ३ सदस्यीय नेपाली टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र सम्योग कपालीले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले सिंगल्स, डबल्स र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सञ्जय अर्याल छन् ।

नेपाली टोलीलाई अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य, महासचिव शंकर गौतमलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed