Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौ,५ कार्तिक ।
राजधानीको म्हैपीमा आज बिहान गोली चलेको छ । गोली लागेर एकजना घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरले दिएको जानकारी अनुसार गोली लागेर कल्याण गुरुङ नाम गरेका युवक घाइते भएका छन् । घुँडामुनि गोली लागेका गुरुङलाई उपचारका लागि शिक्षण अस्पताल महामराजगञ्ज पुर्‍याइएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार आज विहान साढे ३ बजेतिर उक्त घटना भएको हो ।घटनापछि प्रहरीले शंकास्पद ५ जनालाई पक्राउ गरेको छ । म्हैपीस्थित सडकमा स्कुटरमा हिँडिरहेका बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेको गुरुङ निकट स्रोतको भनाइ छ ।
प्रहरी स्रोतका अनुसार शनिबार राति लैनचौरस्थित एक डिस्कोमा नाच्न भेला भएका समूहवीच झगडा भएको थियो । सोही झगडाका कारण बिहान साढे ३ बजेतिर गोली चलेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
राति डिस्कोमा झगडा भएको र विहान गोली चलेको पुष्टि गर्दै एसएसपी दिवेश लोहनीले घटनाबारे अनुसन्धान भइरहेकोे जानकारी दिए । राजधानीमा अघिल्लो साता निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या भएको थियो ।
गौचनको हत्या हुनुभन्दा केही समयअघि प्रहरीले राजधानीबाटै साना हतियारसहित केही व्यक्तिलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed