Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ३५ वर्ष पुरानो प्रेमपत्र सार्वजनिक

Loading

एजेन्सी,३ कार्तिक ।
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नी प्रेमिकालाई लेखेको केही पत्र सार्वजनिक गरिएको छ । यी पत्र कुल ३० पृष्ठ लामो बताइएको छ । कलेज जीवनमा उनले अलेक्जेन्ड्रा म्याकनियर नाम गरेकी युवतीसँग प्रेम गरेका थिए । ओबामाले प्रेमको सुरुवाती समयमा अलेक्जेन्ड्रालाई लेखेको पत्र हालै सार्वजनिक भएको हो ।
आफ्नो उमेरको तेस्रो दशकमा ओमाबाले उक्त पत्र लेखेको बताइन्छ । सन् १९८२ देखि १९८४ का बीचमा लेखिएको यो पत्रमा ओबामाले आफ्नो भावना प्रकट गरेका छन् । पत्रमा उनको जीवनको प्रारम्भिक संघर्ष प्रष्ट देखिन्छ ।
ओबामाले पत्रमा लेखेका छन्ः‘मलाई विश्वास छ, म तिमीलाई कति सम्झन्छु भन्ने तिमी जान्दछ्यौ, म हावाजस्तै हरेक पल तिम्रो आसपास छु, म तिमीलाई सागरको गहिराईजस्तै भरोसा गर्दछु, हाम्रो प्रेम असीमित छ ।’
पत्रमा उनले लेखेका छन्ः‘मैले तिम्रोबारेमा धेरै पटक सोचेँ, म आफ्नो प्रेम र भावनालाई लिएर चिन्तित छु ।’ पत्रको एउटा अंशमा लेखिएको छः‘मलाई लाग्छ, जो मैले पाउँदिन, त्यही खोजिरहेको छु, यही कुराले हामी दुवैलाई जोडिरहेको छ र यही कुराले हामीलाई अलग पनि गराउँदैछ ।’
उनले आफूभित्रको कुण्ठालाई पनि पत्रमा उजागर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed