Breaking News.... EverestOnlineKhabar
June 25, 2026

आर्सनलको लगातार तेस्रो जित

Loading

एजेन्सी,३ कार्तिक ।
युरोपा लिग फुटबलमा इङ्लिस क्लब आर्सनलले सर्बियाको रेडस्टार बेलग्रेडलाई १–० ले पराजित गरेको छ । गएराति सर्बियाको बेलग्रेडमा भएको समूह एच को खेलमा आर्सनलका लागि ओलिभर जिरुले ८५ औं मिनेटमा निर्णायक गोल गरे । युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो ।
युरोपा लिगअन्तर्गतकै अर्को खेलमा एभर्टन भने पराजित भएको छ । एभर्टनलाई उसैको मैदानमा फ्रेन्च क्लब ओलम्पिक लियोले २–१ गोल अन्तरले हराएको हो ।
युरोपा लिग फुटबलकै अन्य खेलहरुमा ईटालीको लाजियोले फ्रान्सको निसलाई ३–१ ले पराजित गर्दा रुसको जेनिथले नर्वेको रोजेनवर्गलाई ३–१ ले तथा स्पेनको रियाल सोसिडाडले मेसेडोनियाको एफके भारदारलाई ६–० ले पाखा लगाएको छ ।
अर्को स्पेनिस क्लव भियारियालले चेक गणतन्त्रको स्लाभिया प्रागसँग २–२ गोलको बराबरी खेल्दा ईटालीको एसी मिलान र ग्रिसको एईके एथेन्सले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed