![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बामपन्थी एकताले प्रतिक्रियावादीहरुमा भूकम्प गएको र त्यसको छटपटाहट उनीहरुका अभिव्यक्ति र गतिविधिमा देखिन थालेको टिप्पणी गर्नुभएको छ ।
काठमाडौं खोटाङ सम्र्पक मञ्चले काठमाडौंको बिजुलीबजारमा आयोजना गरेको चियापान तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले नेपाली कांग्रेससहित सरकारमा सहभागी केही मन्त्रीहरुका अभिव्यक्तिले उनीहरु कति आत्तिएका छन भन्ने प्रष्ट भएको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री खनालले आसन्न प्रतिनिधिशभा र प्रदेशशभा निर्वाचनमा बामपन्थी गठवन्धनले दुइ तिहाइ बहुमत ल्याउने र मुलुकलाई आर्थिक समृद्धिसहित समाजवादको बाटोमा डोर्याउने उल्लेख गर्नुभयो ।
नेता खनालले देशभक्त, प्रगतिशिल र गणतन्त्रवादी शक्तिहरु एकजुटभइ जनताको आवश्यकता परिपूर्ती गर्नुपर्ने आमजनताको चाहना अनुसार बाम तालमेल र एकता अगाडि बढने जानकारीसमेत दिनुभयो ।
कार्यक्रममा उहाँले आसन्न प्रतिनिधि र प्रदेशशभा निर्वाचनमा खोटाङ जिल्लालाई एमालेको लाल किल्ला बनाउने उद्देश्यसहित घर फर्किन कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।


