Breaking News.... EverestOnlineKhabar
June 24, 2026

१० हजार ६७१ निर्वाचनस्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र, पहिलो चरणमा ३२ लाख २८ हजार ८७९ जना मतदाता

Loading

काठमाडौं । निवार्चन आयोगले मंसिरमा हुने निर्वाचनको लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ ।

आयोगका अनुसार मंसिर १० र २१ गते हुने निर्वाचनका लागि १९ हजार ८०९ मतदान केन्द्रको संख्यामा केन्द्र निर्धारण गरिएको हो । मतदाता नामावलीलाई २०७४ असोज १७ गते अन्तिमरूप दिइसकेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ । २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ ।

पहिलो चरण अर्थात मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्ने छन । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । त्यसैगरी नयाँ थपिएका मतदाता परिचयपत्र छपाइ गरी वितरण गरिने बताइएको छ ।

नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग दृढताका साथ अगाडि बढिरहेको र त्यसै अनुरूप आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन गर्न सम्पूर्ण तयारी पूरा गर्ने गरी आयोग अहोरात्र खटिरहेको प्रमुख आयुक्त अयोधीप्रसाद यादवले बताउनुभयो ।

“पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाहरुमा कात्तिक ५ गते पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको उमेदवारीको मनोनयन दर्ताको कार्यक्रम रहेको हुँदा सो कार्यक्रमसमेत शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उमेदवारहरुलाई आयोग पुनः हार्दिक आह्वान गर्दछ,“ यादवले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed