Breaking News.... EverestOnlineKhabar
June 24, 2026

च्याम्पियन्स लिगःरोनाल्डोको गोलले हारबाट जोगियो रियल मड्रिड

Loading

एजेन्सी,१ कार्तिक ।
युरोपियन च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको छ । समूह एच अन्तर्गत भएको खेलमा स्पेनिस च्याम्पियन रियल मड्रिडलाई इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामले १–१ को बराबरीमा रोकेको हो ।
रियलको मैदानमा भएको खेलमा २८ औं मिनेटमा घरेलु टिमका राफाएल वारानेले आत्मघाती गोल गरेपछि टोटनह्यामले सुरुवाति अग्रता लियो । तर औरिएरले टोनी क्रससँग गरेको खराब ट्याकलका कारण रियल मड्रिडले पेनाल्टीको अवसर पायो । ४३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई १–१ को बराबरीमा ल्याए ।
१२ पटकको च्याम्पियन रियल मड्रिड टोटनह्यामसँगको खेलमा निकै संघर्ष गर्न बाध्य भयो । यो खेललाई रियल स्टार रोनाल्डो र टोटनह्यामका ह्यारी केन बिचको प्रतिस्पर्धाका रुपमा पनि लिइएको थियो । रियलसँगको खेलले आफूहरु उच्च स्तरको खेलका लागि पनि तयार रहेको पुष्टि भएको केनले बताएका छन् । बर्नाबेउमा एक अंक जोड्न सक्नु टोटनह्याम टिमका रुपमा कति अघि आएको रहेछ भन्ने प्रमाण रहेको उनले बताए । यो सिजनको च्याम्पियन्स लिगमा अहिलेसम्म पाँच गोल गरेका केन सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् ।
रोनाल्डोले पनि पाँच गोल नै गरेका छन् । तर केनले एक गोलका लागि सहयोग पनि गरेकाले उनी अघि रहेका हुन् । बराबरीपछि दुवै टिमको तीन खेलबाट सात अंक भएको छ । यो खेलमा आत्मघाती गोल उपहार पाएको भएपनि टोटनह्यामले रियल मड्रिड विरुद्ध पहिलो गोल गरेको हो । यसअघि भएका रियलसँगका चार खेलमा टोटनह्यामले गोल गर्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed