Breaking News.... EverestOnlineKhabar
June 19, 2026

सामाजिक सुरक्षा भत्ता लिएर जुवा खेल्दै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ,छुटाउन केन्द्रीय नेताको दवाव

Loading

चौतारा,३१ असोज ।
राज्यले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खालमा बसेका एकजना जनप्रतिनिधिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । बलेफी गाउँपालिका– ६ का वडाध्यक्ष चित्रवहादुर तामाङलाई प्रहरीले अँधेरीस्थित एक जुवाखालबाट सोमवार राति पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय चौताराबाट गएको टोलीले अरनिको राजमार्गको अँधेरीस्थित सिन्धु क्याफेमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक मोहन पोखरेलले बताए । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तामाङले प्रहरी फन्दामा परेपछि आफ्नो नाम ढाँटेर विजय तामाङ बताइका थिए । तर, सोधपुछ गर्ने क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बृद्ध र बिधवाभत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उनीसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । जुवाखालबाट एक लाख १८ हजार रुपैयाँ बरामद भएको छ ।
माओवादी केन्द्रका जिल्लास्तरीय प्रभावशाली नेता मानिने तामाङको पक्राउपछि पार्टीले पनि छानविन थालेको स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार, उनलाई छुटाउन केही नेताले दबाबसमेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed