Breaking News.... EverestOnlineKhabar
August 14, 2026

शीतल निवासमा आयोजित चियापनमा शीर्ष नेताहरुको जमघट, राष्ट्रिय एकताबाटै मुलुकका समस्या समाधान गर्न राष्ट्रपतिको आग्रह

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभदीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्षमा राष्ट्रपति भवन शीतल निवासमै सोमबार चियापान आयोजना गर्नुभयो ।

राष्ट्रपति भण्डारीले शुभदीपावली, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्न चियापान आयोजना गर्नुभएको हो । त्यसक्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेतासँग भेट पनि गर्नुभयो ।
भेटमा राष्ट्रपति भण्डारीले नेताहरुलाई राष्ट्रिय एकताबाट मुलुकको जल्दाबल्दा समस्या समाधान गर्न आग्रह गर्नुभयो । राष्ट्रिय एकताबाट मुलुकका जल्दावल्दा समस्याहरु समाधान गर्न सबै पार्टीले ध्यान दिनुपर्ने र आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सबै पार्टी, सरकार मिलेर स्वच्छ निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त भेटमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मधेस केन्द्रीत दलका नेताहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed