Breaking News.... EverestOnlineKhabar
June 19, 2026

चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेसबाट प्रत्यक्षतर्फ अञ्जनी श्रेष्ठको एकल सिफारिस

Loading

चितवन,३१ असोज ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेल चितवनले क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ निवर्तमान सांसद अञ्जनी श्रेष्ठलाई एकल सिफारिस गरेको छ । चितवन क्षेत्र नम्बर ३ को क्षेत्रीय समिति,नगरसमिति र जिल्ला समितिले प्रत्यक्ष तर्फ श्रेष्ठको नाम सिफारिस गरेको हो ।
त्यसो त चितवन क्षेत्र नम्बर ३ चर्चामा रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको लागि उम्मेद्वारी दिने चर्चा भएसंगै यो क्षेत्र चर्चामा आउन पुगेको हो । हुनत चितवन क्षेत्र नम्बर ३ लाई नेपाली कांग्रेसको गढ मानिन्छ । तर,आगामी निर्वाचनको लागि एमाले र माओवादी केन्न्द्रले तालमेल गरेसंगै क्षेत्र नम्बर ३ को परिणाम के हुने हो भन्ने आम चासोको विषय बनेको छ । तर,नेपाली कांग्रेसवाट उम्मेद्वार सिफारिस हुनुभएका सांसद अञ्जनी श्रेष्ठ जसले तालमेल गरेपनि नेपाली कांग्रेसलाई हराउन नसक्ने दावी गर्नुहुन्छ ।
क्षेत्र नम्बर तीनमा कांग्रेसभित्र कुनैपनि प्रकारको आन्तरिक किचलो नरहेको र पार्टी एकजुट भएर सर्वसम्मत उम्मेद्वारको सिफारिस गर्नुका साथै एकढिक्का भएर चुनावी रणनीतिमा लागेकोले वामगठवन्धनले निर्वाचनको मतपरिणामलाई कुनै फरक नपार्ने उम्मेद्वारमा सिफरिस श्रेष्ठको भनाई छ । व्यक्तिगत सम्बन्ध,आफुले विगतमा गरेका सामाजीक तथा विकास निर्माणका काम,संविधान निर्माणमा खेलेको भूमिका र स्थानीय तहमा आफ्नो पार्टीका उम्मेद्वारलाई विजयी बनाउन खेलेको भूमिकाका कारण आफ्नो जित सुनिश्चित हुने निर्वतमान सांसद समेत रहनुभएका अञ्जनी श्रेष्ठको विश्वास छ ।
नगर,क्षेत्र र जिल्ला समितिले सर्वसम्मत उम्मेवार सिफारिस गरेकाले केन्द्रवाट पनि त्यहि अनुसार उम्मेद्वारको तय हुने उहाँको भनाई छ । यसअघिका निर्वाचनमा पार्टीभित्र हुने गरेको आन्तरिक किचलो यसपटक नभएको र क्षेत्र नम्बर ३ का जनताले नेपाली कांग्रेसलाई विश्वास गर्नुका साथै पार्टीको संगठनपनि चुस्त र बलियो भएका कारण वाम गठवन्धनले आफ्नो विजयी यात्रालाई कुनै फरक नपार्ने श्रेष्ठको विश्लेषण छ ।
उता,वामगठवन्धनले क्षेत्र नम्बर ३ मा उम्मेद्वारीको निश्चित नगरेपनि यसअघि सार्वजनिक रुपमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । तर,प्रचण्डको राष्ट्रिय राजनीतिमा देखिएको ढुलमुले नीति,राजनीतिक स्वार्थको लागि जे पनि गर्न पछि नपर्ने र चितवनकै माडीमा भएको घटनाका पीडितलाई आश्वासन दिएको तर पुरा नगरेको कारण च्रचण्डसंग चितवनबासी अझै पनि रुष्ट छन् ।
यति मात्र नभई नेपाली कांग्रेससंग मिलेर भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो छोरी रेणु दाहाललाई विजयी गराएको तर स्वार्थ पूरा भएपछि एमालेसंग मिलेर आफ्नो स्वार्थी राजनीतिक देखाएकाले क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिएपनि प्रचण्डले कांग्रेसका उम्मेद्वार अञ्जनी श्रेष्ठलाई हराउन फलामको च्युरा चपाउनु सरश हुने चितवन क्षेत्र नम्बर ३ का आमनागरिकको विश्लेषण छ । यद्धपि कांग्रेसवाट उम्मेद्वार सिफरिस हुनुभएकी श्रेष्ठले अहिले चुनावी अभियान सुरु गर्नुभएको छैन्,घरायसी समस्या परेको कारण औपचारिक चुनावी अभियान सुरु नगरेको भन्दै श्रेष्ठले अबको केहि दिनभित्रै चुनावी अभियान सुरु गर्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed