Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मंसिर १० को निर्वाचनको तयारी तीव्र, ३२ जिल्लाका ३७ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Loading

काठमाडौं । निर्वाचन आयोगले ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि यी कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने बाँकी ४५ जिल्लामा आगामी कात्तिक ९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ ।
पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखामा कार्यालय स्थापना गरिएको छ ।

यसैगरी प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडी मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed