Breaking News.... EverestOnlineKhabar
October 2, 2026

स्पेनिस ला लिगाःरियाल मड्रिड विजयी हुँदा बार्सिलोना बराबरीमै रोकियो

Loading

एजेन्सी,२९ असोज ।
स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिडले जित निकालेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई २–१ ले पराजित गरेको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले समान एक एक गोल गरे । गेटाफेका लागि जोर्गे मोलिनाले एक गोल फर्काएका थिए ।
घरेलु टोलिविरुद्ध रियलले खेलको ३९ औं मिनेटमा बेन्जिमाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ १ – ० ले अघि रहेको रियलले दोस्रो हाफको ५६ औं मिनेटमा गोल खाएको थियो । गेटाफेका मोलिनाले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।
तर, रियललाई जित दिलाउन खेलको अन्तिम समयमा रोनाल्डो नायक बने । खेलको ८५ औं मिनेटमा रोनाल्डोले इस्कोको पासमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए । यो सिजन ला लिगामा रोनाल्डोको यो पहिलो गोलसमेत हो । यो जित दोस्रो स्थानको रियलले ८ खेलबाट १७ अंक जोडेको छ । र, रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
यस्तै,अर्को खेलमा स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोना एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एथ्लेटिकोको घरेलु मैदानमा एक गोलले पछि परे पनि बार्सिलोनाले बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलको २१ औं मिनेटमा साउल निगुएजले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ८२ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका थिए । स्वारेजले यो सिजन ला लिगाको तेस्रो गोल हो ।
यो बराबरीपछि बार्सिलोनाको अपराजित यात्रा कायम नै रहेको छ । बार्सिलोनाले ८ खेलबाट २२ अंक जोडेको छ । तेस्रो स्थानको एथ्लेटिको मड्रिडको १६ अंक छ । एथ्लेटिको दोस्रो स्थानको रियल मड्रिडभन्दा १ अंकले पछि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed