Breaking News.... EverestOnlineKhabar
October 2, 2026

मोगादिशुमा शक्तिशाली बम विस्फोट, ३० जनाको मृत्यु

Loading

एजेन्सी,२९ असोज ।
सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण हुँदा कम्तिमा ३० जनाको ज्यान गएको छ । मोगादिसुको व्यस्त क्षेत्रमा रहेको एक होटलको प्रवेशद्वार नजिक विस्फोटक पदार्थले भरिएको लरी विस्फोट भएको प्रहरीले जनाएको छ । घटनामा धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन । मोगादिशुमा यस्तो आक्रमण धेरै हुने गरेको छ । यस्तै मादिना जिल्लामा भएको अर्को बम आक्रमणमा दुईजनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed