![]()
सिन्धुपाल्चोक,२९ असोज ।
सिन्धुपाल्चोकमा बोरेलो जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । चारजना घाइते भएका छन् । सिन्धुपाल्चोकको इन्दवती गाउँपालिका–११ भीमटार बहरेमा शनिबार राति बा १५ च ३७ ४४ नम्बरको जीप दुर्घटना हुँदा चालक काभ्रेका गोकुल अधिकारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चारजनाको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

