Breaking News.... EverestOnlineKhabar
August 17, 2026

नाडाल र फेडेरर सांघाई टेनिसको सेमिफाइनलमा प्रवेश

Loading

बिबिसि । विश्व नम्बर एक रफायल नाडाल र दोस्रो वरियताका रोजर फेडेरर सांघाई टेनिसको सेमिफाइनलमा पुगेका छन् ।
विश्व नम्बर एक स्पेनिस खेलाडी नदालले ग्रिगोर दिमित्रोभलाई ६–४, ६–७ र ६–४ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् । उनले अब फाइनलमा प्रवेशका लागि चौथो बरियताका मारिन सिलिकसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोस्रो बरियताका स्वीस रोजर फेडेररले पनि अन्तिम चारमा स्थान बनाएका छन् ।

फेडेररले सेमिफाइनलमा अर्जेन्टिनी आन मार्टिन डेल पोत्रोसँग प्रतिस्पर्धा गर्ने छन् ।

डेल पोत्रोले नाडीको चोटका बाबजुद भिक्टर ट्रोइक्कीलाई ४–६, ६–१ र ६–४ को सेटमा हराएर अन्तिम चारमा स्थान बनाएका हुन् ।
फेडेररले अन्तिम चारमा स्थान बनाउनका लागि रिकार्ड गास्क्वेटलाई ७–५ र ६–४ को सोझो सेटमा हराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.