Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमेशर जबराले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका छन् ।

भक्तपुरमा आयोजित साक्षात्कामा बोल्दै अध्यक्ष जबराले सरकारमा पनि बस्ने र प्रतिपक्षसँग पनि गठजोड गर्ने माओवादी चरित्र गैरराजनीतिक भएको टिप्पणी गरे । उनले माओवादीले राजनैतिक बेइमानी गरेकाले नैतिकताबोध गर्दै तत्काल सरकार छोडन सुझाव दिए । एक अर्को प्रसंगमा अध्यक्ष राणाले उपत्यकाभित्रै निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याले सुरक्षा व्यवस्था कमजोर भएको पुष्टि भएको जनाउँदै गृहमन्त्रीको राजीनामा समेत माग गरे ।

अध्यक्ष राणाले राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुई चार दिनमै पार्टी एकता हुने जानकारी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed