![]()
काठमाडौं । गत सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको भावपूर्ण बिदाई गरिएको छ । सरकारले गौचनलाई शहीद घोषणा गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी गराएपछि महासंघ गौचनको शव बुझी अनामनगरस्थित महासंघको कार्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो ।
श्रद्धाञ्जली सभामा उपस्थित हुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभयो । यस्तै, गृहमन्त्री जनार्दन शर्मा, कांग्रेस नेता प्रकाशमान सिंह, रमेश लेखक, माओवादी केन्द्रकी नेतृ पम्फा भुषाल, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायत गौचनका आफन्त र व्यवसायीले पनि महासंघको कार्यालय पुगी श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
गौचनको आजै अन्तिम संस्कार गरिएको छ । गत सोमबार काठमाडौं शान्तिनगरस्थित खरिबोटमा अज्ञात समूहले गोली प्रहार गरी गौचनको हत्या गरेको थियो ।


