Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । सरकारले अनसनरत डा. गोविन्द केसीका मागबारे छलफल गर्न वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव ङईन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो ।

टोलीमा स्वास्थ्य सचिव किरण रेग्मी र निमित्त शिक्षा सचिव डिल्लीराम रिमाल सदस्य हुनुहुन्छ । टोलीले डा. केसी पक्षसँग छलफल गरी समस्या समाधानका लागि पहल गर्नेछ । सरकारी टोलीले वार्ता चाँडो भन्दा चाँडो वार्ता गरी टुंगोमा पुग्ने जनाएको छ ।
केसीका सहयोगीहरुले भने सरकारबाट वार्ताका लागि कुनै खबर नआएको बताएका छन । यसअघि मंगलवार पूर्व स्वास्थ्य मन्त्री र शिक्षामन्त्रीसँग भएको अनौपचारिक छलफलमा चिकित्सा शिक्षा विधेयकका केही बुँदामा परिमार्जन गर्न सकारात्मक देखिएको केसी पक्षले जनाएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । छातीको दुखाईका कारण मुटुको चाल विग्रन सक्ने केसीको स्वास्थ्य उपचारमा संलग्न डा. दिब्यसिंह शाहले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed