![]()
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरु प्रत्यक्ष चुनाव लडने भएका छन । मंगलवार संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको स्थायी कमिटी बैठकले केही नेताको समानुपातिकमा बस्ने इच्छाबिरुद्ध शीर्ष नेताहरुलाई प्रत्यक्षमै उठाउने निर्णय गरेको हो ।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समन्वय र परिचालनको जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । यसअघि बैठकमा प्रत्यक्ष चुनाव नलड्ने कुनै शीर्ष नेताले निर्वाचन परिचालन तथा संयोजन समितिको नेतृत्व गर्ने कुरा उठेको थियो ।
शीर्षनेता को कहाँबाट उम्मेवार ?
- अध्यक्ष ओलीको नाम झापा ५, सुनसरी ३ र सिराहा १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस आए पनि उनी गृहजिल्ला झापा ५ बाटै उम्मेदवार बन्नेछन ।
- बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम १ बाट चुनाव लड्नेछन् ।
- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहट १ र ४ बाटसमेत सिफारिस भए पनि उनी काठमाडौं २ बाट चुनाव लड्ने छन् ।
- बरिष्ठ उपाध्यक्ष बामदेव गौतमको नाम बर्दिया १ र प्युठानबाट सिफारिस भएपनि गौतम बर्दियाबाटै चुनाव लड्ने भएका छन् ।
- उपाध्यक्ष भीम रावलको नाम अछाम १ र कैलाली २ बाट सिफारिस भएकोमा उनले अछाम १ रोजेका छन् ।
- उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौं ९ बाट उम्मेदवार बन्नेछिन् ।
- महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बन्नेछन् ।
- उपमहासचिव बिष्णु पौडेल रुपन्देही ३ बाट उम्मेवार बन्नेछन ।
- उपमहासचिव धनश्याम भुसाल रुपन्देही १ र २ बाट सिफारिस भएका छन ।
- सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट क्रमशः गुल्मी १ र २ बाट उम्मेदवार बन्नेछन् ।
- सचिव योगेश भट्टराई ताप्लेजुङबाट चुनाव लडनेछन ।
- सचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट लडने छन ।
- सचिव भीम आचार्य सुनसरीबाट प्रदेशसभाको उम्मेदवार बन्नेछन ।
- स्थायी कमिटी सदस्यमध्ये शंकर पोखरेल दाङ २ बाट चुनाव लडने छन ।
- सुरेन्द्र पाण्डे चितवन १ बाट चुनाव लडने छन ।


