![]()
पाल्पा,२३ असोज ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्ड मर्मतका लागि सोमबार ६ घण्टा बन्द हुँदैछ । सोमबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बन्द गरेर बाटो माथिबाट खसेका ढुङ्गा सहितको पहिरो हटाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा ढुङ्गा झर्ने क्रम नरोकिएपछि यात्रुले गन्तव्य पुग्न सकिरहेका छैनन् ।


