![]()
बिबिसि । पूर्व बिश्व च्याम्पियन स्पेन आगामी बर्ष रुसमा आयोजना हुने बिश्वकप फुटबलका लागि छनोट भएको छ ।
युरोपियन क्षेत्रको छनोटअन्तर्गत भएको खेलमा अल्बानियालाई ३–० ले हराउँदै स्पेनले बिश्वकपमा स्थान बनाएको हो । जितसँगै युरोपियन क्षेत्रको छनोटको समुह जि मा १ खेल खेल्न बाँकी छँदै स्पेनको ९ खेलबाट २५ अंक भएको छ ।
दोस्रो स्थानमा रहेको इटालीको समान खेलबाट २० अंक छ । इटालीलले मेसोडोनियासँग १–१ गोलको बराबरी खेल्यो । बराबरीसँगै इटालीले बिश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नु पर्ने भएको छ ।
समुहमा शीर्ष स्थान हात पार्ने टोलीले सोझै बिश्वकपमा स्थान बनाउने र दोस्रो हुने टोलीले प्ले अफ खेल्नु पर्ने प्राबधान छ । अर्को खेलमा वेल्सले जर्जियालाई १–० ले हराउदै बिश्वकपमा सोझै छनोट हुने सम्भाबना कायमै राखेको छ । यस्तै, अष्ट्रियाले सर्बियालाई ३–२, आइसल्याण्डले टर्किलाई ३–० र आयरल्याण्डले मोल्डोभालाई २–० ले पराजित गरे ।


