Breaking News.... EverestOnlineKhabar
August 15, 2026

युवती अपहरण गरी २ करोड रुपैयाँ फिरौती माग्ने ६ जना प्रहरीको फन्दामा

Loading

रूपन्देही । रुपन्देहीको बुटवलमा युवती अपहरण गरी २ करोड रुपैयाँ फिरौती माग्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिकाका २२ बर्षीय प्रकाश भुसाल, २१ बर्षीय अनमोलजंग राणा, शुद्धोद्धन गाउँपालिकाका २१ बर्षीय राजीव सुनारी मगर, तिलोत्तमा नगरपालिकाका ३९ बर्षीय लालु पुन, सोही स्थानका ३९ बर्षीय डम्बर बहादुर राना र अर्घाखाँचीको भुमिकास्थान गाउँपालिकाका २८ वर्षे दिपक नेपाली रहेका छन ।

उनीहरुले असोज २ गते सैनामैना १ की २१ बर्षीया रेखा भुसाललाई अपहरण गरी २ करोड फिरौती मागेका थिए । अभियुक्तको साथबाट अपहरणमा प्रयोग भएको मारुती कार, खुकुरी, चक्कु, मोवाइल, साइकल, तन्ना लगायतका सामान तथा कपडा बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed