Breaking News.... EverestOnlineKhabar
June 19, 2026

सरकार फेरबदलमा लागेर निर्वाचनमा अन्योल सिर्जना नगर्न सरकारलाई एमालेको चेतावनी

Loading

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारका फेरबदलमा लागेरमा निर्वाचनमा अन्यौल सृजना हुने वातावरण नबनाउन सरकारलाई चेतावनी दिएको छ । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले वाम गठबन्धनलाई निहुँ बनाएर सरकार फेरबदलमा लागेर निर्वाचन प्रभावित नपार्न सत्तारुढ दललाई आग्रह गरेको हो ।

एमालेले आफ्नो पार्टी सरकार परिवर्तन गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै एमालेको लोकतन्त्रप्रतिको निष्ठामा नेपाली कांग्रेसले प्रश्न उठाएकोमा आपत्ती समेत जनाएको छ । एमालेले कांग्रेसको प्रतिक्रियालाई ‘हठात् मनस्थितिको उपज’ को संज्ञा दिएको छ ।

बैठकले माओवादी केन्द्रसँग तालमेल र एकता घोषणापछि बनाइएको घोषणापत्र मस्यौदा समिति, उम्मेदवार छनोट कार्यदल र एकता संयोजन समितिलाई अनुमोदन गर्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिएको छ । एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले आइतबारसम्म उम्मेदवार र सोमबारसम्म संयुक्त घोषणापत्र टुंगो लगाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed