![]()
लमजङ । पूर्वी लमजुङको पर्यटकीय गाउँ राईनासकोटमा पुनःनिर्माणसँगै घरबास (होमस्टे) शुरु भएको छ । भूकम्पबाट क्षतग्रस्त बनेका घर पुनर्निर्माण गर्दै होमस्टेको पनि व्यवस्था गर्न थालिएको हो ।
पुनःनिर्माण गरिएका १४ घरमध्ये ९ घरमा होमस्टे राखिएको छ । भूकम्पपछि अमेरीकी नागरिक नातासाको सहयोगमा राईनासकोटका १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माण गरिएको थियो । करिब रु एक करोड ५० लाखको लगानीमा ती घर निर्माण गरिएका हुन् ।
पाँचवटा कोठा रहने भूकम्प प्रतिरोधी घर पुरानैशैलीमा निर्माण गरिएको हो । प्रत्येक घरमा पिँढी आगन हुनुकासाथै आकासे पानीको व्यवस्थापन पनि गरिएको छ ।
पुनःनिर्माण र वातावरणमैत्री अवधारणा पनि सँगसँगै शुरु भएको छ । यस अन्तर्गत गोबर ग्यास, धुवाँरहित चुलो, फोहोरमैला र पानीको व्यवस्थापनका लागि काम भइरहेको छ ।
राइनसकोटबाट अन्नपूर्ण र मनास्लु, हिमशृृंखला तथा लमजुल हिमाल, बुद्ध हिमाल, गणेश हिमाल, माछापुच्छ्रेलगायत हिमाल सजिलै देख्न सकिन्छ ।


