![]()
काठमाडौं । निर्वाचन आयोगल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचि पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको हो । काठमाडौंमा आयोजित समानुपातिक निर्वाचन प्रणालीसम्बन्धि अभिमूखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले समानुपातिकतर्फको बन्द सूचि आगामी असोज २९ गते भित्र पेश गर्न आग्रह गर्नुभएको हो ।
प्रमुख निर्वाचन आयुक्त यादवले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेशी, मुस्लिम र पीछडिएका क्षेत्रको तोकिएको प्रतिशत अनुसार सूची पेश गर्न दलहरुको ध्यानाकर्षण गराउनुभयो । समानुपातिक तर्फको निर्वाचनका लागि प्रतिनिधि सभाका लागि १ सय १० र प्रदेश सभाका लागि २ सय २० जना उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाउनु पर्नेछ ।
प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता उलंघन गरे उम्मेदवारीनै रद्द गर्ने चेतावनी पनि दिनुभयो ।
आगामी मंसिर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।


