Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले सरकार छोड भने तत्काल आफना मन्त्रीहरुलाई फिर्ता बोलाउन आफू तयार रहेको स्पष्ट पार्नुभएको छ ।

शनिवार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष दाहालले सरकार ढालेर आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्ने कुनै योजना आफनो नरहेको स्पष्ट पार्नुभयो । उहाँले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय बाहेक अरु केही नसोचेको जानकारी दिनुभयो । नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान अन्तर्गत एमालेसंग पार्टी एकता हुने उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले एमाले र नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भएपनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा अर्कोमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुङ्गोमा पुग्छौं । अहिले हाम्रा आआफ्नै वैचारिक मान्यता कायम छन् ।’

बैठकमा अध्यक्ष प्रचण्डले संविधान निर्माण र कार्यान्वयनको प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेकोमा सांसदहरुलाई धन्यवाद दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed