Breaking News.... EverestOnlineKhabar
June 19, 2026

अन्तरजातिय विवाह गराएको आरोपमा शिक्षकको घरमा आगजानी

Loading

बैतडी । बैतडी शिवनाथ गाँउपालिका–६ कनालीका करन रानाको घरमा आगजनी गर्ने ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । असोज ५ गते रानाको घरमा आगजनी भएको थियो ।

गाउँकै विद्यालयमा करार दरबन्दीमा काम गरिरहेका शिक्षक रानालाई गैरदलित परिवारकी छात्राको बिहे दलित केटासँग गराइदिएको आरोपमा ६ महिनाअघि स्थानीयले गाउँनिकाला गरेका थिए । गाउँमा आए मारिदिने धम्कीपछि विगत ६ महिनादेखि सदरमुकाममा बस्दै आएका रानाको घरमा आगजनी भएको हो । आगजनी गर्ने स्थानीय राजबहादुर चन्दसहित ६ जनाविरुद्ध ‘आगो लगाउने’ शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ ।

तीन वर्षअघि बनाएको एक तलाको २ कोठे भवन जलेर नष्ट भएको र घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको भन्दै ३० लाख ५३ हजार बिगोसमेत माग गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान समेत गरिरहेको जनाएको छ । शिवनाथ गाउँपालिका– ६ का राजबहादुर चन्दसँगै, गोकर्ण चन्द, रमेशबहादुर चन्द, जनकबहादुर चन्द, चक्रबहादुर चन्द र दीपकबहादुर चन्दविरुद्ध मुद्दा परेको छ । गाउँबाट विस्थापित गराउनेदेखि घरमा आगजनी गर्ने घटनामा ६ जनाको संलग्नता रहेको पीडित राना दम्पतीको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed