Breaking News.... EverestOnlineKhabar
June 19, 2026

प्रधानमन्त्री देउवाद्वारा कानुनबिद्संग परामर्श

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकसित राजनीतिक घटनाक्रमपछि आफूले खेल्ने भूमिकाबारे कानुनी परामर्श लिनुभएको छ । प्रधानमन्त्री देउवाले कांग्रेस पदाधिकारी र केन्द्रीय समिति बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कानुनविद्हरुसंग परामर्श गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेव यादव, बसन्तराज भण्डारी, बिपिन अधिकारीसहित नेपाल बार एशोसियनका पदाधिकारीहरुसंग परामर्श गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढाएपछि उत्पन्न परिस्थितिका बारेमा कसरी अगाडि बढने भन्ने सबन्धमा उहाँले कानुनी सुझाव माग्नु भएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेर एमालेसँग चुनावी तालमेल गरेपनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने र बर्तमान सरकारले नै निर्वाचन गराउने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed