Breaking News.... EverestOnlineKhabar
October 2, 2026

एमाले र माओवादीबीच चुनावी तालमेल र पार्टी एकताको घोषणा आज

Loading

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्र्टी एकताको घोषणा आज हुँदैछ । मंसिरमा चुनावी तालमेल गर्ने र लगत्तै पार्टी एकता गर्ने सहमति भएपछि दुवै पार्टीले त्यस सम्बन्धी घोषणा आज गर्दैछन । सहमतिको औपचारिक घोषणाका लागि ५ बजे संयुक्त पत्रकार सम्मेलन राखिएको छ ।

पत्रकार सम्मेलनमै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिपत्रमा हस्ताक्षर गर्नुहुनेछ ।
निर्वाचनमा एमालेले ६० र माओवादीले ४० प्रतिशत उम्मेदवार उठाउने सहमति भएको छ । निर्वाचन चिन्ह भने हाललाई आ–आफनो पार्टीको राख्ने सहमति भएको छ ।

चुनाव लगतै पार्टी एकता गर्ने सहमति भएको छ । यसका लागि पार्टी एकता संयोजन समितिको घोषणा पनि आजै हुनेछ ।
यो समितिमा एमालेबाट अध्यक्ष ओलीका साथै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम रहनेछन् । माओवादी केन्द्रबाट प्रचण्डका साथै नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहनेछन् ।

दुई दलबीच साझा विधान बनाउन मस्यौदा समिति बनाउने सहमति पनि जुटेको छ । एकतापछि पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed