![]()
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसंगै पार्टी एकताको कसरत अगाडि बढेपछि वर्तमान सरकारको भविश्यका विषयमा समेत अनेकौ अडकल सुरु भएका छन । सत्तामै बसेर कांग्रेससंग सहकार्य गरिरहेको माओवादी केन्द्रले प्रतिपक्षीसंग चुनावी तालमेल मात्र नभइ पार्टी एकतासम्मकै कुरा अघि बढाएपछि अब वर्तमान सरकार चुनाव अघि नै ढल्ने अनुमान गरिएको छ । हुनपनि माओवादी केन्द्रको नैतिकताले अब कांग्रेससंग सरकारमा बस्न नमिल्ने देखिन्छ । तर, त्यसो नहुने भएको छ ।
नेकपा माओवादी केन्द्रले चुनाव अघि सरकार नढाल्ने कुरामा निश्चित हुन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेको छ । मंगलवार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नगरी सरकार नढाल्ने बचन दिएका हुन ।
एमाले र माओवादी शीर्ष नेताहरुको वार्तामा पनि आसन्न चुनावअघि सरकार परिर्वतन नगर्ने सहमति भएको छ ।
प्रधानमन्त्री देउवासंगको भेटमा दाहालले अब मुलुकमा ‘लेफ्टिष्ट र राइटिष्ट’ दुई धार मात्र रहने भएकाले ‘राइटिष्टहरु’ लाई पनि एकीकृत गरेर अघि बढन देउवालाई सुझाव दिएको बुझिएको छ ।


