Breaking News.... EverestOnlineKhabar
October 2, 2026

पाकिस्तानसंगको पहिलो टेष्ट क्रिकेटमा श्रीलंका विजयी

Loading

एजेन्सी,१७ असोज ।
पाकिस्तानसंगको पहिलो टेष्ट क्रिकेटमा श्रीलंका नाटकिय रुपमा विजयी भएको छ । युएईको अबुधाबीमा १ सय ३६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १ सय १४ रनमै अलआउट भएपछि श्रीलंका २१ रनले विजयी भएको हो ।
पाकिस्तानका लागि दोस्रो पालिमा हरिस सोहेलले ३४ रन र असद सरिकले २० रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानले पहिलो पालिमा ४ सय २२ रन बनाएको थियो । श्रीलंकाले पहिलो पालिमा ४ सय १९ र दोस्रो पालिमा १ सय ३८ रन बनाएको थियो । श्रीलंकाका रंगना हेराथले ६ विकेट लिए । यो संगै हेराथले टेस्ट क्रिकेटमा ४ सय विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed