![]()
एजेन्सी,१७ असोज ।
इंग्लिस क्लब टोटनह्यामका खेलाडी ह्यारी विङ्क्स पहिलो पटक इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोलीमा डाकिएका छन् । स्लोभेनिया र लिथुआनियाविरुद्ध यही हप्ता हुने विश्वकप छनोट खेलको लागि इङ्गलिस प्रशिक्षक ग्यारेथ साउथगेटले विङ्क्सलाई टोलीमा बोलाएका हुन् ।
टोटनह्याम हट्सपरका लागि जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका मिडफिल्डर ह्यारी विङ्क्सले सुरुवाती एघारमा स्थान पाउने संभावना भने न्युन छ । यसअघि नियमितरुपले इंग्लिस टोलीमा पदैं आएका फाबियान डेल्फ र फिल जोन्स घाईते भएका कारण विङ्क्सले अवसर पाएका हुन् ।
विङ्क्सले यसअघि इंग्लण्डका विभिन्न पाँचवटा उमेर समुहबाट खेलिसकेका छन् । इंग्ल्याण्डले यही विहिवार स्लोभेनियासँग तथान आईतवार लिथुआनियासँग विश्वकप छनोटका खेलहरु खेल्दैछ ।


