Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

काठमाडौ,१७ असोज ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदी करिब १ खर्ब १६ अर्ब लागतको ९ सय मेगावाटको अरुण तेस्रो आयोजना उद्घाटन गर्न नेपाल आउन लागेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तेस्रोपटक हुनेछ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल आएका थिए । त्यसको तीन महिनापछि नै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए । पहिलो भ्रमणका क्रममा उनले निकै चर्चा र प्रशंसा पाएका थिए । दोस्रो भ्रमण भने त्यस्तो हुन सकेन । संविधान जारी भएपछि भारतले एकतर्फी रूपमा नाकाबन्दी लगाएपछि नेपालमा मोदीको लोकप्रियता घटेन मात्र, भारतविरोधी भावनासमेत बढ्यो ।
बिस्तारै त्यो चाप कम हुँदै सम्बन्ध पुनः सुमधुर हुन लागेको समयमा मोदी पुनः नेपाल आउन लागेका हुन् । छिमेकसँगको सम्बन्धमा जोड दिने बताउँदै आएका मोदीले आफ्नो आन्तरिक लोकप्रियताका लागि पनि नेपाल सम्बन्धलाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने अवस्था रहेकाले सुधारका पक्षमा भारतीयहरू देखिएको अधिकारीहरू बताउँछन् । त्यसका लागि भारतीय सरकारी कम्पनी सतलजको लगानी रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास उपयुक्त अवसर बन्न सक्ने उनीहरूको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed