Breaking News.... EverestOnlineKhabar
August 17, 2026

स्पेनिस लिगमा बार्सिलोना विजयी, पाल्मासा ३–० ले पराजित

Loading

बिबिसि । स्पेसिन लिग फुटबलमा बार्सिलोनाले लास पाल्मासलाई ३–० ले हराएको छ । स्पेनको बार्सिलोना रहेको क्याटलोनिया राज्यमा घोषित जनमत संग्रहका कारण खेल सार्न बार्सिलोनाले गरेको आग्रह ला लिगा अधिकारीहरुले अस्विकार गरेपछि विरोधस्वरुप यो खेल बन्द रंगशालामा विना कुनै दर्शक खेलाइएको थियो ।

खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा सर्जियो बुस्केट्सले एक गोल गरे । स्पेनिस लिगकै अर्को खेलमा रियाल मड्रिडले ईस्पानियोललाई २–० ले हरायो ।खेलमा रियाल मड्रिडलाई विजयी गराउन दुबै गोल इस्कोले गरे ।

ला लिगाकै अन्य खेलहरुमा भियारियालले आईबारलाई ३–० ले हराउँदा भ्यालेन्सियाले एथ्लेटिक बिल्बाओमाथि ३–२ को जित निकाल्यो । रियाल सोसिडाड र रियाल बेटिसले ४–४ गोलको बराबरी खेले ।

स्पेसिन ला लिगामा ७ खेलबाट २१ अंक जोडेको बार्सिलोना पहिलो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.