Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

बिबिसि । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिका उत्तर कोरियासँग ’सिधा सम्पर्क’मा रहेको बताएका छन् । उनले प्योङयाङसँग वार्ताको सम्भावना कायमै रहेको र वार्ताबाटै समस्या हल गर्ने बताएका हुन ।

बिदेशमन्त्री रेक्सले वार्ताको कुरा गरेपनि केही वरिष्ठ अधिकारीहरुले भने आफ्नो क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमबारे वार्ता गर्न उत्तर कोरिया अनिच्छुक देखिएको टिप्पणी गरेका छन ।

चीन भ्रमणका क्रममा टिलर्सनले भने, “प्योङयाङसँग हाम्रा सम्पर्कका माध्यमहरु छन, हामीबीच कुराकानी नभएको अवस्था चाहिँ होइन ।“
पछिल्ला महिनाहरुमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अन कडा आरोप प्रत्यारोपमा व्यस्त छन । यो पृष्ठभूमिमा दुई मुलुकबीच संवाद भइरहेको कुरा यसअघि थाहा हुन सकेको थिएन ।

अमेरिकी विदेश मन्त्रालयले विभिन्न माध्यमबाट प्योङयाङसँग कुराकानी भइरहे पनि थोरै प्रगति देखिएको जनाएको छ ।
लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको उत्तर कोरियाले आफ्नो अस्त्र विकास कार्यक्रम बन्द गरोस् भनी अमेरिका चाहन्छ । तर राष्ट्रपति ट्रम्पकै केही रवैयाका कारण वार्ता प्रयास फलदायी हुन नसकेको बताइएको छ । गत महिनामात्रै उनले वार्ता हल नभएको टिप्पणी गरेका थिए ।

गत महिना उत्तर कोरियालाई ’नष्ट गरिदिने’ चेतावनी दिएका ट्रम्पले किम जङ अनलाई ‘आत्मघाती अभियानमा लागेका क्षेप्यास्त्र मान्छे’ भनी टिप्पणी गरेका थिए ।

जवाफमा किम जङ अनले ट्रम्पले संयुक्त राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको ‘कुकुरको आवाज’ को संज्ञा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed