Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदै

Loading

काठमाडौ,१२ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिएर आज स्वदेश फर्कदै हुुनुहुन्छ । उहाँ आज बेलुकी पौने ८ बजे काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उहाँ असोज ३ गते महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जानुभएको थियो ।
प्रधानमन्त्री देउवाले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशसँग भेटवार्ता पनि गर्नुभएको थियो । न्यूयोर्कमा रहँदा उहाँले सार्क क्षेत्रका केही राष्ट्रप्रमुखसँग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँ नेपाल फर्कने क्रममा ओमानको समेत भ्रमण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed