Breaking News.... EverestOnlineKhabar
August 14, 2026

इंग्लिस प्रिमियर लिगमा आर्सनलले वेष्टब्रमलाई २–० ले हरायो

Loading

बिबिसि । इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा आर्सनलले जित हात पारेको छ । आर्सनलले अलेक्जेन्डर लेकाजेटको दुई गोलको मद्दतमा वेष्ट ब्रुमलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

आफ्नो घरेलु इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलले एकपछि अर्को आक्रमक खेलेको थियो । आर्सनलले खेलको २० औं मिनेटमा अलेक्जेन्डरको गोलबाट अग्रता लिएको थियो । खेलको ६७ औं मिनेटमा आर्सनलले पेनाल्टी पायो । प्राप्त पेनाल्टीमा अलेक्जेन्डरले गोल गरेपछि आर्सनलले २–० खेल जित्न सफलभयो ।

जितसँगै आर्सनल लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित वेष्ट ब्रम भने इंग्लिस प्रिमियर लिग फुटबलको १२औं स्थानमा झरेको छ । लिगको शीर्ष स्थानमा भने म्यान्चेष्टर सिटी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed