![]()
काठमाडौ,१० असोज ।
आपूर्तिमन्त्री शिवकुमार मण्डल व्यवसायीको आर्थिक प्रलोभनमा फसेपछि उपभोक्ता ठगी गर्ने दरबारमार्गका पसलहरु आपूर्तिमन्त्रीकै आदेशमा खुलेका छन् । उपभोक्ता ठग्ने व्यापारीलाई कारवाहि बिनै छोडिएको छ । उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबारमार्गका विभिन्न व्यवसायिक फर्मलाई बिनाकारबाही छाडिएको भन्दै उपभोक्तावादीले भने विरोध जनाएका छन् ।
मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यावसायिक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ । आपूर्तिमन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिनअघि अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएपछि ती फर्ममाथि सिल गरिएको थियो ।
मन्त्री मण्डलले ती फर्मलाई सिल गर्दै कालोबजारी ऐनअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कारबाहीबिनै सोमबारदेखि सञ्चालन गर्न निर्देशन दिएका हुन् ।


