Breaking News.... EverestOnlineKhabar
June 8, 2026

डाक्टरको दादागिरीःबिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा….?

Loading

काठमाडौ,१० असोज ।
बिरामी छोरालाई बोकेर आएका बर्दिका, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षिय छोरालाई नेपालगन्ज ल्याएका थिए । जब उनी अस्पतालको ओपिडी कक्ष बाहिर प्रवेश गरे, त्यहाँ सुनसान देखियो।
अरूबेला बिरामीको भिडभाड देखिने अस्पताल सुनसान देखेपछि उनले बाहिर आएर सोधपुछ गर्दा डाक्टरहरु आन्दोलित भएको थाहा पाए।
उनले भनेः‘छोरालाई सन्चो नभएर ल्याएको त डाक्टर आन्दोलनमा पो रहेछन् ।’ विरामी छोरा बोकेर राजाराम घर फर्किदै गर्दा आन्दोलनरत डाक्टरको एउटा समूह जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको थियो।
नेपालगन्जका विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरू बिरामी जाँच्न छाडेर सोमबार बिहान साढे १० बजेबाट मध्यहान्ह १२ बजेसम्म जिल्ला प्रशासन अगाडि धर्नामा बसेका छन्।
यति मात्र नभई देशभरका सरकारी अस्पतालका डाक्टर र निजी अस्पतालका डाक्टरहरु अहिले आन्दोलनमा छन् । तर उनीहरुले आफुहरुले संचालन गरेका मेडिकलहरुमा भने विरामीको जाच गरिरहेका छन् । आन्दोलनका कारण विरामीले सास्ती खेप्नु परिरहेको भएपनि सरकारले भने असनका साँडेजस्ता भएका डाक्टरहरुलाई कारवाहि गर्न सकेको छ्रन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed