![]()
काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलन छोडी काममा फर्कन सरकारले गरेको आग्रहलाई ठाडै अस्वीकार गरेको छ । संघले बिज्ञप्ती जारी गर्दै सरकारले गैर जिम्मेवार व्यवहार प्रदर्शन गरिरहेको भन्दै आन्दोलन थप कडा पार्ने चेतावनी दिएको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको आन्दोलनलाई कुनै ठोस प्रतिबद्धता बिना फिर्ता गराउन गरेको आग्रह गैर जिम्मेवार भएको संघको ठहर छ ।
संघले देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय कायमै रहेको जनाएको छ ।
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केपछि बार्तामार्फत समस्या समाधान गर्ने निर्णय गरेको थियो ।


