![]()
काठमाडौं । सभामुख ओनसरी घर्तीले संसदबाट पारित ‘शिक्षा ऐन नवौं संशोधन विधेयक’ फिर्ता लिन नमिल्ने बताउनु भएको छ ।
सभामुख घर्तीले विधेयकमा कहीँकतै त्रुटि भए संशोधनको प्रक्रियाबाट सच्याउन सकिने तर फिर्ता गर्न नसकिने बताउनुभयो ।
विधेयक फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाउन आएका विद्यार्थी संगठनका नेताहरुलाई सभामुख घर्तीले संसदले पारित गरेका कुनै पनि विधेयक फिर्ता लिन मिल्ने प्रावधान नरहेको स्पष्ट पार्नुभयो ।
विद्यार्थी संगठनहरुले भने शैक्षिक क्षेत्रलाई ध्वस्त बनाउने गरी विधेयक पारित गरिएकोमा असन्तुष्टि जनाउँदै आएका छन ।
विधेयकमा ७५ प्रतिशत शिक्षक नियुक्ती आन्तरिक प्रतिस्पर्धाबाट हुने व्यवस्था गरिएकोमा विद्यार्थी संगठनहरुको आपत्ति छ ।


