![]()
बिबिसि । संयुक्त राज्य अमेरिकाले विवादास्पद ‘यात्रा प्रतिबन्ध’ विस्तार गर्दै उत्तर कोरिया, भेनेजुएला र चाडका नागरिकहरुलाई अमेरिका प्रवेशमा कडाइ गरेको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गरी आदेश घोषणा गरेका हुन । उनले भने, “अमेरिका सुरक्षित बनाउनु मेरो पहिलो प्राथमिकता हो । जो सुरक्षित लाग्दैनन् उनीहरुलाई हामी आउन दिँदैनौं ।“
भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा काम गर्ने अधिकारीहरु र तिनका परिवारप्रति लक्षित रहेको छ । राष्ट्रपति ट्रम्पले यस अघि प्रतिबन्ध लगाएका ६ मुस्लिम मुलुकमध्ये सुडानमाथिको प्रतिबन्ध फुकुवा गरिएको छ ।
इरान, लिबिया, सिरिया, सोमालिया र यमन हुन् जसलाई ’मुस्लिम प्रतिबन्ध’को रुपमा लिइएको थियो । तर उत्तर कोरिया र भेनेजुएला थपिएपछि अब यात्रा प्रतिबन्ध लगाएका सबै मुलुकहरु मुस्लिम बहुल रहेनन् ।
प्रतिबन्ध १८ अक्टोबरदेखि कार्यान्वयनमा आउने र अहिले प्रवेशाज्ञा पाइसकेकाहरुमा लागु नहुने ह्वाइट हाउसले जनाएको छ ।


