Breaking News.... EverestOnlineKhabar
June 8, 2026

Loading

काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि आन्दोलनरत चिकित्सक संघका माग पूरा गर्ने बचन दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री फर्किएपछि माग सम्बोधन गर्ने भन्दै आन्दोलनरत चिकित्सकहरुलाई तत्काल काममा फर्किन आग्रह गरेको हो ।

चिकित्सकको लापरवाहीका कारण कुनै बिरामीको उपचारका क्रममा मृत्यु भए सम्बन्धित चिकित्सकबाट नै क्षतिपूर्ति भराउने सरकारको निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनरत छन् ।े आन्दोलनका कारण विभिन्न अस्पतालमा उपचारका लागि पुगेका विरामी उपचार नपाउँदा समस्यामा परेका छन ।

सरकारले यही असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बीमा र क्षतिपूर्तिलगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed