Breaking News.... EverestOnlineKhabar
June 7, 2026

राजपा सहमहामन्त्री मिर्जा एमालेमा प्रवेश, प्रदेश २ मा सत्तापक्षले धाँधली गरेको ओलीको आरोप

Loading

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा भएको मतदानको परिणाम अन्तिम चरणमा प्रवेश गरेकाबेला राजपा सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहेकैबेला केन्द्रीय कार्यालय धुम्बाराहीमा बेगसहितका मधेशी नेताहरुलाई स्वागत गर्नुभयो ।

कपिलबस्तु निवासी बेग आफनो क्षेत्रका प्रभावशाली नेता मानिनुहुन्छ । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेसमा एमालेको मत नघटेको तर सत्तापक्षको धाँधली र चार पार्टीको अघोषित गठबन्धनका कारण केही ठाउँमा प्राबिधिक रुपमा पराजित हुनु परेको बताउनुभयो ।ओलीले धेरै जनसंख्या रहेका नगरपालिकाहरुमा एमालेले जितेकाले गाउँपालिका जितेको संख्या जोडेर अरु पार्टी ठूला भएको टिप्पणी गर्नुभयो ।

यसअघि शनिवार रामराजा प्रसाद सिंहका छोरा डा. मनोज कुमार सिंह लगायतका ब्यक्तिहरु एमाले प्रवेश गरेका थिए भने सोमबार दाङमा ओलीले गायीका कोमल ओली लगायतको समूहलाई एमालेमा प्रवेश गराउने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed