![]()
धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपा विजयी भएको छ । सो उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको पदमा राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेदवार विजयी भएका हुन ।
जनकपुर उपमहानगरपालिकाको प्रमुखको पदमा राजपाका लालकिशोर साह विजयी भएका हुन । उनले नेपाली कांग्रेसका उम्मेदवार मनोज कुमार साहलाई पराजित गरे । लालकिशोरले २१ हजार ९ सय २ मत प्राप्त गरे । कांग्रेसका उम्मेदवार मनोज कुमार साहले १० हजार ४ सय ४३ मत प्राप्त गरे ।
यस्तै, उपमहानगरको उपप्रमुख पदमा राजपाकी रीता झा विजयी भइन । नेपाली कांग्रेसका उम्मेदवार निलम कर्णलाई पराजित गर्दै झा उपप्रमुखमा विजयी भएकी हुन । झाले १५ हजार २ सय ४७ मत प्राप्त गरिन ।


