Breaking News.... EverestOnlineKhabar
June 7, 2026

बीरगंजको पोखरिया नगरपालिकामा नेपाली जनता दल विजयी

Loading

पर्सा । स्थानीय तह निर्वाचन अन्तर्गत पर्साको पोखरिया नगरपालिकामा नेपाली जनता दलका नेता दीपनारायण रौनियार निर्वाचित भएका छन ।

दुई चर्चित पूर्व सांसदलाई पछार्दै २८ वर्षीय युवक रौनियार नगरप्रमुख पदमा विजयी भएका हुन ।०६२÷ ०६३को मधेस आन्दोलनबाट राजनीतिमा उदाएका रौनियारले नेपाली कांग्रेसका पूर्वसांसद तथा कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार रामेश्वर रौनियार र नेकपा एमालेका पूर्वसांसद तथा हाल संघीय सामाजवादी फोरम नेपालका तर्फबाट उम्मेदवार बनेका प्रमुखका उम्मेदवार बनेका प्रदुमन चौहानलाई पराजित गरेका हुन ।

रौनियार नेपाली जनता दलको पांग्रा चुनाव चिह्न लिएर चुनाव लडेका थिए । उनले ३०२६ मत प्राप्त गरे । निकतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोेरम नेपालका पूर्वसभासद् पद्युम्न चौहान २७६७ मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed