![]()
काठमाडौं । पोखराका बुद्ध लामा एपीवान टेलिभिजनबाट प्रशारित साङ्गितिक कार्यक्रम ‘नेपाल आइडल’ को विजेता भएका छन् । कतारको दोहामा सम्पन्न अन्तिम प्रतिष्पर्धामा सबैभन्दा बढी भोट (४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै) पाउँदै बुद्ध नेपाल आइडल बनेका हुन ।
कार्यक्रमा मोरङका निशान भट्टराई फस्ट रनरअप र ललितपुरका प्रताप दास सेकेन्ड रनरअप घोषित भए ।
आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन । दोस्रो हुने भट्टराईले १५ लाख रुपैयाँ प्राप्त गरेका छन । तेस्रो भएका दासले १० लाख रुपैयाँ प्राप्त गरेका छन ।
विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट बुद्धले पाएका थिए । निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे । ललितपुरका प्रताप दासले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका थिए ।
ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरु (सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठले आ–आफनो प्रस्तुती दिएका थिए ।


